$type=one$count=2$author=hide$date=hide$comment=hide$show=home$label=hide$height=auto

उपचुनाव : यस्तो छ ५२ ठाउँकै अन्तिम नतिजा

काठमाण्डौ – शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । 

नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेकाे छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाकाे मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेकाे छ । प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ । 

यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई हराउनु भएको हो । त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा नेकपाले आफ्नो सिट गुमाएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई हराउनु भएको हो । यसअघि यस क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जित्नु भएको थियो । त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जित दोहोर्याएका छन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । 

बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी हुनु भएको छ । त्यस्तै पहिले तत्कालीन एमालेले जितेको धरान उपहानगरपालिको मेयर पनि नेकपाले गुमाएको छ । 

धरान उपहानगरपालिकामा कांग्रेस उम्मेदवार तिलक राई विजयी हुनु भएको छ । उहाँले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउनु भएको हो । उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमा संखुवासभाको मकालुमा नेकपाले जित दोहाेर्‍याएको छ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ । एक प्रदेश सभा गुमाएको नेकपालाई दुई गाउँपालिकामा फाइदा भएको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ । 

हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो । यसअघि यहाँ कांग्रेसले जितेको थियो । उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ । 

प्रदेशसभामा जित दोहोर्‍याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ । समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुई वटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ । साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन् । पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो । उज्यालो

प्रतिक्रिया

$hide=home

Loading...
Name

Anatarrastriya,3,Arth,4,Desh,5,Filmy Khabar,2,Gandaki Pradesh,1,Karnali,1,Khel Samachar,3,Lekh,1,Mukhya Samachar,18,Prabas,2,Pradesh,10,Pradesh 1,1,Pradesh 2,6,Pradesh 3,1,Pradesh 5,1,Rajniti,8,Samachar,9,Sudur Paschim,1,
ltr
item
OneKhabar.Com । आवाज बिहिनका आवाज: उपचुनाव : यस्तो छ ५२ ठाउँकै अन्तिम नतिजा
उपचुनाव : यस्तो छ ५२ ठाउँकै अन्तिम नतिजा
https://1.bp.blogspot.com/-YbEJDeh3n0U/XeTx6GVEBXI/AAAAAAAAAOE/HESMVMluE3sFO1ocV9POvTQqqMZTN6BKQCLcBGAsYHQ/s640/mat_parinam_qt1XBmRlaN.jpg
https://1.bp.blogspot.com/-YbEJDeh3n0U/XeTx6GVEBXI/AAAAAAAAAOE/HESMVMluE3sFO1ocV9POvTQqqMZTN6BKQCLcBGAsYHQ/s72-c/mat_parinam_qt1XBmRlaN.jpg
OneKhabar.Com । आवाज बिहिनका आवाज
https://www.onekhabar.com/2019/12/blog-post_82.html
https://www.onekhabar.com/
https://www.onekhabar.com/
https://www.onekhabar.com/2019/12/blog-post_82.html
true
1587803746238081198
UTF-8
Loaded All Posts Not found any posts सबै बिस्तृतमा Reply Cancel reply Delete By Home PAGES POSTS View All सम्बन्धित समाचार श्रेणीहरु : ARCHIVE सर्च ALL POSTS तपाईले खोज्नु भएको समाग्रि फेला परेन । मुख्य पृष्ठमा जानुहोस । आईतबार Monday Tuesday Wednesday Thursday Friday Saturday आईतबार Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy